Sunday, June 27, 2010

विश्वभरका नेपालीहरुलाई समेट्ने साहित्य संजाल निर्माण हुने

लामो समय देखि नेपाली साहित्यको श्रीबृद्धिमा लागेका विभिन्न १४ देशमा रहेका झण्डै ३ दर्जन साहित्यिक स्रष्टाहरुले सामुहिक प्रयासमा विश्वब्यापी साझा साहित्यिक संजालको निर्माण प्रकृया थालेका छन् । प्रवासमा रहने नेपालीहरुको संख्या बृद्धि संगै साहित्यिक स्रष्टा, सर्जकहरुको संख्या र सक्रियता बढेको र विभिन्न ठाँउमा रहेका प्रतिभाहरुलाई प्रोत्साहन तथा सहयोग गर्न आवश्यक भएको कारणले यस प्रकारको बृहत संजाल निर्माणमा लागेको कुरा विज्ञप्तिमा जनाइएको छ सामुहिक हितको लागि सामुहिक सक्रियतामा स्थापना हुनु पर्नेमा जोड दिदै यस संजालले सबै देशमा रहेका साहित्यकार तथा साहित्यिक संघ, संस्थाहरुलाई सहयोग गर्ने जनाएको छ । नेपालीहरुले बोल्ने सबै भाषा साहित्य - नेपाली साहित्य भएकोले यो संजाल समावेशि पारदर्शि र सबैको साझा हुने बताइएको छ । विज्ञप्तिमा छलफल समुह मात्र भनिएकोले ब्यक्तिहरुको नाम तोकिएको छैन तर संजालको प्रस्तावित अवधारणा-पत्र र विधान छलफलको लागि सार्वजनिक गरि सकेको छ ।

देशविदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुन लागेको यस बृहत संजालका छलफल समुहले सबैलाई छलफलमा सहभागि हुन खुल्ला आग्रह गरेको छ । यस समुहले छलफलको लागि वेभसाइट www.nepaliliterature.org र ईमेलnepaliliterature@ymail.com प्रयोगमा ल्याएको छ । समुहले सार्वजनिक गरेको विधानमा संजालको नाम विश्व नेपाली साहित्य महासंघ प्रयोग गरेका छन् ।

No comments:

Post a Comment