Thursday, July 1, 2010

अमेरिकी रेडक्रसद्वारा सम्मानित एक नेपाली

बिजय कार्की रेडक्रस सोसाइटीमा १३ वर्षदेखि भुटानी शरणार्थीहरुलाई उनिहरुको स्थान र अधिकार दिलाउन सहयोग गर्दै आईरहनु भएको छ । हाल बिजय कार्की नोर्थ साईड अफ फायरफक्स कन्ट्री, भर्जिनियाको लागी "डिएटी" को सक्रिय सदस्य हुनुहुन्छ । साथै फायरफाक्स, भर्जिनियाको "ईन्नोभा ब्लाड डोनर सेर्भिस" मा रक्तदाता भई २ पटक रक्तदान गर्नुभयो भने ५ जनालाई उहाले रक्तदान गर्न प्रोत्साहित गर्नु भएको थियो ।



Venue
American Red Cross,
Arlington, Virginia, USA

खोटाङ्ग सेवा समाज शाखा एकीकृत दोहा कतारको प्रथम अधिवेशनको अन्तिम तयारी

खोटाङ्गेहरुको साझा सामाजिक संस्था खोटाङ्ग सेवा समाज शाखा एकीकृत दोहा कतारको प्रथम अधिवेशन निम्न मिति स्थान र समयमा भव्यताका साथ सम्पन्न हुन गईरहेको साथै संस्थाद्धारा प्रकाशित बार्षिक मुखपत्र 'सन्देश' पत्रिका बर्ष छ अंक छ विमोचन समेत गरिने भएको हुदाँ खोटाङ्ग जिल्लावाट कतार आएर विभिन्न पेशामा कार्यरत सम्पुर्ण खोटाङ्गेहरु लाई अनिवार्य उपस्थितिभई अधिवेशन भव्यताका साथ सम्पन्न गराई दिनहुन अनुरोध गर्दछौं । साथै कतारकाविभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार उद्योग व्यावसायी श्रमबुद्धिजीविहरुमा समेत हार्दिक आमन्त्रन गर्दछौं ।


मिति: १६ जुलाई २०१० शुक्रबार
स्थान: इन्डो अरविक क्लव - मुन्ताजा पार्कको पिछाडी
समय: दिउँसो ठीक १२:०० बजे


अन्य जानकारीको लागि सम्पर्क :राम गुरुङ्ग - ५७८५६५० लिमन्द्र राई -३२६६२४३, टंक भुजेल - ७५०७३८३, राजेन्द्र ढंूगाना - ६८७००३८, दुर्वासा गेलाल - ६६४६४७९m जीवन गुरुङ्ग - ७५६३५४२ पर्शुराम आचार्य - ७५८८०३६, केदार वानिया - ५३८४५०९, किसन चन्द्र राई - ७१२८३४६, पन्चमणी राई - ७६९८२६१ अर्जनदेव राई -
६७९४९७०, हात्तिराम राई - ७६५३०१३, नारायण वस्नेत - ७७८२४६३, ओमीराज राई - ३२२५७०९, सकि्रय राई - ७९०५८६२

चितवन समाज डेनमार्कबाट बिपन्न, अशिक्षित्, पीडित (बि अ पि) लाई सहयोग

तिलकमान गुरुङचितवन समाज डेनमार्क द्वारा पश्चिम चितवन अन्तर्गत दिब्यनगर गा बि स वार्ड न १ ज्योतीनगरमा अवस्थित बिपन्न, अशिक्षित्, पीडित बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने उद्देश्य सहित स्थापना भएको (बि अ पि) बालशिक्षा केन्द्रलाई रु २५००० (अक्षेरुपी पच्चिस् हजार्) खानेपानि ब्यवस्थापन गर्न इनार खन्ने कार्यको लागि सहयोग स्वरुप प्रदान गरिएको छ | चितवनको प्रतिष्ठित, समाजसेवि, बुद्दिजिबी तथा त्यस क्षेत्रका गाउले भद्र भलादमिहरुको सहयोगमा २०६५ सालमा एक भवन निर्माण गरी सुरुवात गरिएको उक्त संस्थाले हाल ४० जना बालबालिकाहरुलाई निक्षुल्क शिक्षा दिदै आई रहेको छ |
सहयोग रकम समाजसेवी नारायण सापकोटाले संस्थान लाई हस्तान्तरन गर्दै चितवनमा भर्खर सुरुवात भएको सो संस्थाको उत्तरोत्तर प्रगतिको लागि सम्पूर्ण चितवन बासी दाजुभाई दिदीबहिनी तथा प्रवाशी नेपाली संघ संस्था हरुलाई सहयोगको हात बढाउन अनुरोध गर्नु भएको थियो | संस्थानको तर्फबाट इश्वरी पाण्डेले बिदेशमा बसेर पनि चितवन समाज डेनमार्कले आफ्नो राष्ट्र, समाज प्रती देखाएको दायित्वको स्रहाना गर्दै सहयोगको लागि धन्यवाद दिनुभएको थियो |