Thursday, July 1, 2010

चितवन समाज डेनमार्कबाट बिपन्न, अशिक्षित्, पीडित (बि अ पि) लाई सहयोग

तिलकमान गुरुङचितवन समाज डेनमार्क द्वारा पश्चिम चितवन अन्तर्गत दिब्यनगर गा बि स वार्ड न १ ज्योतीनगरमा अवस्थित बिपन्न, अशिक्षित्, पीडित बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने उद्देश्य सहित स्थापना भएको (बि अ पि) बालशिक्षा केन्द्रलाई रु २५००० (अक्षेरुपी पच्चिस् हजार्) खानेपानि ब्यवस्थापन गर्न इनार खन्ने कार्यको लागि सहयोग स्वरुप प्रदान गरिएको छ | चितवनको प्रतिष्ठित, समाजसेवि, बुद्दिजिबी तथा त्यस क्षेत्रका गाउले भद्र भलादमिहरुको सहयोगमा २०६५ सालमा एक भवन निर्माण गरी सुरुवात गरिएको उक्त संस्थाले हाल ४० जना बालबालिकाहरुलाई निक्षुल्क शिक्षा दिदै आई रहेको छ |
सहयोग रकम समाजसेवी नारायण सापकोटाले संस्थान लाई हस्तान्तरन गर्दै चितवनमा भर्खर सुरुवात भएको सो संस्थाको उत्तरोत्तर प्रगतिको लागि सम्पूर्ण चितवन बासी दाजुभाई दिदीबहिनी तथा प्रवाशी नेपाली संघ संस्था हरुलाई सहयोगको हात बढाउन अनुरोध गर्नु भएको थियो | संस्थानको तर्फबाट इश्वरी पाण्डेले बिदेशमा बसेर पनि चितवन समाज डेनमार्कले आफ्नो राष्ट्र, समाज प्रती देखाएको दायित्वको स्रहाना गर्दै सहयोगको लागि धन्यवाद दिनुभएको थियो |

No comments:

Post a Comment