बिजय कार्की रेडक्रस सोसाइटीमा १३ वर्षदेखि भुटानी शरणार्थीहरुलाई उनिहरुको स्थान र अधिकार दिलाउन सहयोग गर्दै आईरहनु भएको छ । हाल बिजय कार्की नोर्थ साईड अफ फायरफक्स कन्ट्री, भर्जिनियाको लागी "डिएटी" को सक्रिय सदस्य हुनुहुन्छ । साथै फायरफाक्स, भर्जिनियाको "ईन्नोभा ब्लाड डोनर सेर्भिस" मा रक्तदाता भई २ पटक रक्तदान गर्नुभयो भने ५ जनालाई उहाले रक्तदान गर्न प्रोत्साहित गर्नु भएको थियो ।
Venue
American Red Cross,
Arlington, Virginia, USA
Thursday, July 1, 2010
खोटाङ्ग सेवा समाज शाखा एकीकृत दोहा कतारको प्रथम अधिवेशनको अन्तिम तयारी
खोटाङ्गेहरुको साझा सामाजिक संस्था खोटाङ्ग सेवा समाज शाखा एकीकृत दोहा कतारको प्रथम अधिवेशन निम्न मिति स्थान र समयमा भव्यताका साथ सम्पन्न हुन गईरहेको साथै संस्थाद्धारा प्रकाशित बार्षिक मुखपत्र 'सन्देश' पत्रिका बर्ष छ अंक छ विमोचन समेत गरिने भएको हुदाँ खोटाङ्ग जिल्लावाट कतार आएर विभिन्न पेशामा कार्यरत सम्पुर्ण खोटाङ्गेहरु लाई अनिवार्य उपस्थितिभई अधिवेशन भव्यताका साथ सम्पन्न गराई दिनहुन अनुरोध गर्दछौं । साथै कतारकाविभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार उद्योग व्यावसायी श्रमबुद्धिजीविहरुमा समेत हार्दिक आमन्त्रन गर्दछौं ।
मिति: १६ जुलाई २०१० शुक्रबार
स्थान: इन्डो अरविक क्लव - मुन्ताजा पार्कको पिछाडी
समय: दिउँसो ठीक १२:०० बजे
अन्य जानकारीको लागि सम्पर्क :राम गुरुङ्ग - ५७८५६५० लिमन्द्र राई -३२६६२४३, टंक भुजेल - ७५०७३८३, राजेन्द्र ढंूगाना - ६८७००३८, दुर्वासा गेलाल - ६६४६४७९m जीवन गुरुङ्ग - ७५६३५४२ पर्शुराम आचार्य - ७५८८०३६, केदार वानिया - ५३८४५०९, किसन चन्द्र राई - ७१२८३४६, पन्चमणी राई - ७६९८२६१ अर्जनदेव राई -
६७९४९७०, हात्तिराम राई - ७६५३०१३, नारायण वस्नेत - ७७८२४६३, ओमीराज राई - ३२२५७०९, सकि्रय राई - ७९०५८६२

चितवन समाज डेनमार्कबाट बिपन्न, अशिक्षित्, पीडित (बि अ पि) लाई सहयोग
तिलकमान गुरुङचितवन समाज डेनमार्क द्वारा पश्चिम चितवन अन्तर्गत दिब्यनगर गा बि स वार्ड न १ ज्योतीनगरमा अवस्थित बिपन्न, अशिक्षित्, पीडित बालबालिकाहरुलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने उद्देश्य सहित स्थापना भएको (बि अ पि) बालशिक्षा केन्द्रलाई रु २५००० (अक्षेरुपी पच्चिस् हजार्) खानेपानि ब्यवस्थापन गर्न इनार खन्ने कार्यको लागि सहयोग स्वरुप प्रदान गरिएको छ | चितवनको प्रतिष्ठित, समाजसेवि, बुद्दिजिबी तथा त्यस क्षेत्रका गाउले भद्र भलादमिहरुको सहयोगमा २०६५ सालमा एक भवन निर्माण गरी सुरुवात गरिएको उक्त संस्थाले हाल ४० जना बालबालिकाहरुलाई निक्षुल्क शिक्षा दिदै आई रहेको छ |
सहयोग रकम समाजसेवी नारायण सापकोटाले संस्थान लाई हस्तान्तरन गर्दै चितवनमा भर्खर सुरुवात भएको सो संस्थाको उत्तरोत्तर प्रगतिको लागि सम्पूर्ण चितवन बासी दाजुभाई दिदीबहिनी तथा प्रवाशी नेपाली संघ संस्था हरुलाई सहयोगको हात बढाउन अनुरोध गर्नु भएको थियो | संस्थानको तर्फबाट इश्वरी पाण्डेले बिदेशमा बसेर पनि चितवन समाज डेनमार्कले आफ्नो राष्ट्र, समाज प्रती देखाएको दायित्वको स्रहाना गर्दै सहयोगको लागि धन्यवाद दिनुभएको थियो |

Wednesday, June 30, 2010
पोर्चुगलमा 'नेपाल डे' उत्साहपूर्वक सम्पन्न, पोर्चुगिस पर्यटक बढ्ने बिश्वास
-भीम के सी कमल
लिस्बन, २७ जुन
गैर आवाशिय नेपाली संघ, पोर्चुगलको आयोजना तथा लिस्बन नगरपालिका एबं नेपाली दुताबास फ्रान्सको सहयोग र पोर्चुगलमा अवस्थित सम्पुर्ण नेपाली संघसंस्था, ब्यबशायी तथा नेपाली जनसमुदायको सकृय सहभागितामा जुन २५ र २६ तारिखका दिन अन्तरराष्ट्रीय साँस्कृतिक मेलाको अवसरमा आयोजना गरिएको 'नेपाल-डे' २०१० पोर्चुगिस नागरिक, पर्यटकहरु तथा आप्रबासी नेपालीहरुको उत्साहपुर्ण सहभागितामा भब्यरुपमा सम्पन्न भएको छ।
पोर्चुगलको राजधानी लिस्बनको केन्द्रमा रहेको अलमेदा पार्कमा सम्पन्न उक्त 'नेपाल-डे' २०१० कार्यक्रममा प्रस्तुत नेपाली भेषभुषा, संस्कृती, कलात्मक सामग्रीहरु, लत्ता कपडा, नेपाली परिकारहरु, नेपालका रमणिय दृष्यहरु समेटिएको भिडियो एबं स्लाइड शो, नेपालको परम्परागत संगित तथा नृत्यहरुले मेलामा आउने सबै आगन्तुकहरुको आकर्षण सहजै बढेको देख्न सकिन्थ्यो।
'नेपाल-डे' २०१० लाइ सफल पार्न नेपाली दुताबास फ्रान्सले पोष्टर, पम्पलेट, सि डि तथा प्रचार सामग्रीहरु उपलब्ध गराएको थियो भने लिस्बन नगरपालिकाले स्टल, मन्च तथा साउण्ड सिस्टम, प्रचार प्रसार र ब्यबस्थापनमा सहयोग गरेको थियो।
पोर्चुगलमा रहेका नेपाली रेष्टुरेन्ट ब्यबशायीहरु मकर हमाल (रेष्टुरेन्ट-एभरेष्ट), पुर्ण हमाल (रेष्टुरेन्ट-टेस्ट अफ नेपाल), कुमार श्रेष्ठ (रेष्टुरेन्ट-अन्नपुर्ण), सुर्य हमाल (रेष्टुरेन्ट-एभरेष्ट ए-सी), मन बहादुर पुर्जा (रेष्टुरेन्ट-माँया), रमेश गुरुङ (रेष्टुरेन्ट-सांग्रीला), बाला बि क (रेष्टुरेन्ट-लिटिल नेपाल), हेम सापकोटा (रेष्टुरेन्ट-हिउँचुली)ले स्वादिष्ट नेपाली खाना तयार गरी सौजन्य गरेको सो कार्यक्रममा नेपाली परिकारहरु मन पराइ पोर्चुगिसहरुले नेपाली खाना बारे समेत बिभिन्न जिज्ञासा राखेका थिए।
नेपालका पर्यटकीय स्थल, संस्कृती, परम्परा, नेपाल भ्रमण बर्ष २०११ का बिबिध पक्षहरुका बारेमा कमल गुरुङ, हेमन्त सेढाइ, लक्ष्मी प्रसाद सापकोटा, ज्योती गुरुङ, मकर हमाल, भीम के सी कमल, टिका आचार्य, भानु सापकोटा, पोर्चुगिस नागरिक तथा नेपाल-डे २०१० सफल पार्न पोर्चुगिसहरुद्वारा गठित समितिका सदश्य भिक्टर गोडिन्हो लगायतले आगन्तुकका बिभिन्न प्रश्न तथा जिज्ञासाहरुका बिषयमा जानकारी दिने क्रम निरन्तर रुपमा चलेको थियो।
लिस्बन नगरपालिकाकी कार्यक्रम निर्दिशक सुश्री आना फोर्ट तथा अन्य पोर्चुगिस एबं बिदेशी नागरिक र ठुलो संख्यामा नेपालीहरुले नेपाल पर्यटन बर्ष २०११ तथा एनआरएन पोर्चुगलको लोगो अंकित टीसर्ट लगाएर हिडदा सारा मेला स्थल नै नेपालमय भएको देखिन्थ्यो।
'नेपाल-डे' २०१० लाइ थप आकर्षक र उत्साहजनक बनाउन तमु समाज, नेपाल आदिबासी जनजाती महासंघ, नेपाल मगर संघ, युरोप शेर्पा किदुग, नेवा: पुच, तामाङ समुदाय र एनआरएन पोर्चुगलका महिला तथा पुरुषहरुले आ-आफ्नो परम्परागत पहिरन, गरगहना तथा नेपाली राष्ट्रीय पोशाक लगाइ पालैपालो पाहुनाहरुको स्वागत तथा जानकारी दिने काम गरेका थिए।
कार्यक्रमको अर्को आकर्षणको रूपमा रहेको नेपाली साँस्कृतिक कार्यक्रममा सारङ्गी, बाँसुरी, मादल र झ्याली सम्मिलित सुमधुर नेपाली संगीत प्रस्तुत गरिनुका साथै परम्परागत नेपाली भेषभुषामा सजिएका बालकलाकार हेभीना सेढाइ र शेर्पा समुदायका कलाकारहरु सोनम शेर्पा, पेम्बाछिरी शेर्पा, सेर्की शेर्पा, डाकु शेर्पा, ल्हमु शेर्पा, छिरिङ्मा शेर्पाद्वारा आकर्षक नृत्य देखाइएको थियो। पोर्चुगलमा सुपरिचित सारङ्गी उस्ताद एकिन्द्र हमालको सारङ्गीको धुन,कलाकार सुकुन पुनको मनमोहक बांसुरीको राग, भरत श्रेष्ठ, शङ्कर नेपाली तथा पन्च गुरुङको मादल र झ्यालीको तालमा सयौ पोर्चुगिस तथा नेपालीहरु छमछमी नाच्दै गरेको दृष्यले नेपालको परम्परागत मेला पर्बको झझल्को दिएको थियो।
कार्यक्रमलाइ रोचक, आकर्षक र उत्साहपुर्ण रूपमा सफल बनाउन सहयोग पुर्याउने पोर्चुगलबासी नेपाली दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, संघसस्थाहरु, ब्यबशायीहरु, संचारकर्मीहरु, नेपाली दुताबास फ्रान्स, लिस्बन नगरपालिका र पोर्चुगिस शुभचिन्तकहरु सबैलाइ गैर आवाशिय नेपाली संघ, पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गर्नु भएको छ।
'नेपाल-डे' २०१०को ब्यबस्थापन तथा समन्वयमा खटेका गैर आवाशिय नेपाली संघका अन्तरराष्ट्रीय समन्वय परिषद सदश्य तथा पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष मकर हमालले यो कार्यक्रमको भब्य सफलताबाट आँफु उत्साहित भएको बताउदै आगामी दिनहरुमा समेत यस्तै उपयोगी र फलदायी कार्यक्रम गर्दै जान सके नेपाल पर्यटन बर्ष २०११लाइ ठुलो टेवा पुग्ने र उल्लेख्य मात्रामा पोर्चुगिस पर्यटकहरु नेपाल भित्र्याउन सकिने बिश्वास ब्यक्त गर्दै गैर आवाशिय नेपाली संघको यो अभियानमा पोचुगलबासी सबै आप्रबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ हातेमालो गर्दै अघी बढन आह्वान गर्नु भएको छ।
थप फोटोहरुको निम्ति यो लिंकमा क्लिक गर्नु होला :

Sunday, June 27, 2010
विश्वभरका नेपालीहरुलाई समेट्ने साहित्य संजाल निर्माण हुने
लामो समय देखि नेपाली साहित्यको श्रीबृद्धिमा लागेका विभिन्न १४ देशमा रहेका झण्डै ३ दर्जन साहित्यिक स्रष्टाहरुले सामुहिक प्रयासमा विश्वब्यापी साझा साहित्यिक संजालको निर्माण प्रकृया थालेका छन् । प्रवासमा रहने नेपालीहरुको संख्या बृद्धि संगै साहित्यिक स्रष्टा, सर्जकहरुको संख्या र सक्रियता बढेको र विभिन्न ठाँउमा रहेका प्रतिभाहरुलाई प्रोत्साहन तथा सहयोग गर्न आवश्यक भएको कारणले यस प्रकारको बृहत संजाल निर्माणमा लागेको कुरा विज्ञप्तिमा जनाइएको छ सामुहिक हितको लागि सामुहिक सक्रियतामा स्थापना हुनु पर्नेमा जोड दिदै यस संजालले सबै देशमा रहेका साहित्यकार तथा साहित्यिक संघ, संस्थाहरुलाई सहयोग गर्ने जनाएको छ । नेपालीहरुले बोल्ने सबै भाषा साहित्य - नेपाली साहित्य भएकोले यो संजाल समावेशि पारदर्शि र सबैको साझा हुने बताइएको छ । विज्ञप्तिमा छलफल समुह मात्र भनिएकोले ब्यक्तिहरुको नाम तोकिएको छैन तर संजालको प्रस्तावित अवधारणा-पत्र र विधान छलफलको लागि सार्वजनिक गरि सकेको छ ।
देशविदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुन लागेको यस बृहत संजालका छलफल समुहले सबैलाई छलफलमा सहभागि हुन खुल्ला आग्रह गरेको छ । यस समुहले छलफलको लागि वेभसाइट www.nepaliliterature.org र ईमेलnepaliliterature@ymail.com प्रयोगमा ल्याएको छ । समुहले सार्वजनिक गरेको विधानमा संजालको नाम विश्व नेपाली साहित्य महासंघ प्रयोग गरेका छन् ।

Subscribe to:
Comments (Atom)